तिमीले कल्पेको देश सुनको सुनौलो होला
यहाँ त रातो माटोले पोतेको छ,
तिमीले कल्पेको देश हिराको छानो होला
यहाँ त कुहिएको बन्दियाले छाएको छ,

तिमीले कल्पेको देश चारैतिर उज्यालो होला
यहाँ त कालो अँधेरो छ,
तिमीले कल्पेको देश हाँसो र खुशी होला
यहाँ त आँसु र रोधन मात्र छ,

तिमीले कल्पेको देश डाँडा पर्वत हरियाली होला होला
यहाँ त पहिरो र उजाड छ,
तोमीले कल्पेको देश बिजुलीको चमक होला
यहाँ त टुकि बत्ती पनि हम्मे हम्मे छ,

तिमीले कल्पेको देश स्वर्गको तारा होला
यहाँ त सबै हराएको पारा छ,
सुन त ! यो देश , देश जस्तो छैन
यस्तै पाराले देश चल्छ त ??
                             

                              प्रविता लामा
                 काभ्रे चौँरी देउराली मादन ७

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”