खगेन्द्र कठायत
धनगढी-सुदुरपश्चिम

माननीय परराष्ट्रमन्त्री ज्यु,

नमस्कार !

तपाईंको काम कर्तब्य,जवाफदेहिता र उत्तरदायित्व के हो हुन सक्छ म जस्ता लाखौलाख नेपालीहरुलाई भन्दा बढी तपाईंलाई थाहा छ होला र जानकार पनि हुनुहुन्छ। मैले तपाईंलाई सम्झाई राख्नु पर्छ जस्तो लाग्दैन र लाग्दैन थियो तर पनि म यो देशको एक जिम्मेवार नागरिकको हैसियतले मेरो देशको प्रधानमन्त्री , परराष्ट्रमन्त्री लगायत सरकारको सिङ्गो मन्त्रीमण्डलले आफ्ना जनता र सिङ्गो मुलकप्रति जवाफदेयिता आफ्नो कार्यशैली काम कर्तव्य सबै उदासिनता भएको बेला सरकारको काम,कर्तव्यको बारेमा अवगत गराउँनको सचेत गराउनको लागि एक खुल्ला पत्र लेख्दै छु । मन्त्रीज्यु मैले मेरो देशको बारेमा मैले जाने बुझेको कुरा सम्झाउन बुझाउँन सकेन गराएन भने म यो यो देशको एक जिम्मेवार नागरिक हुँ भन्न पनि मलाई लज्जा बोध हुँनेछ र मलाइ म आफैप्रती हिनताबोध महसुस हुनेछ त्यसैले म आफ्नो देअह आफ्नो मुलुकप्रति हिनताबोध हुन चाहान्न र म चाहान्छु म जस्ता लाखौँ यो देशका आम नागरिकहरुले हिनताबोध नआओस। माननीय परराष्ट्रमन्त्री ज्यु तपाईं यो देशको जिम्मेवार नागरिक मन्त्रीको हैसियतमा हुँदासम्म तपाईं यो देशको सिमा अतिक्रमण हुँदासम्म बेखबर हुनुहुन्छ वा थाहा नै पाउँनु हुन्न।

देशको सिमाक्षेत्र मात्र होइन सिमा भन्दा कैयौ किलोमीटर यता नेपालको भुमिमा आएर सीमा अतिक्रमण गर्दै सडक निर्माण गरेको कुरा तपाईलाई जानकारी नै हुँदैन।देशको रक्षामन्त्री छिमेकी देशले तँपाइको देशको कैयौँ कोष बिचमा सडक निर्माण गरेको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनु हुन्छ तपाईंलाई थाहा हुँदैन,तँपाईंलाई बिदेशमा काम गर्ने मजदुर भोकले मर्न लागेको थाहा हुँदैन, भारतमा लाखौलाख मजदुर आफ्नो देश फर्किन पाउँ भनी बिन्ती चढाएको थाहा हुँदैन अनि के चाहिँ थाहा हुन्छ मन्त्री ज्यु।तँपाईंलाई ती मेहनती नेपाली जनताले पठाएको रेमिटान्सले चलेको देशको मन्त्रीलाई थाहा हुन्छ त केवल त्यो बिदेश बाट आएको रेमिटान्सको पैसाले महङ्गा गाडीमा सयर गर्न थाहा हुन्छ होला है मन्त्री ज्यु ? अब तपाईंलाई थाहा हुँदैन ठिक छ किन भने तपाईंलाई मन्त्री नेपाली जनताहरुले बनाएका होइन केवल बिदेशीको दलाली गरे वापत मन्त्री हुनु भयो अनि कसरी थाहा पाउनु हुन्छ र नेपालीको पीडाले नछुने देसको सीमा अतिक्रमण हुँदा छुदैन। यो देशको भुँमीबाट सडक बनाउँदा पनि छुँ गर्न नसक्ने तपाईं कस्तो चुर मन्त्री हो । भारतको सरकारले त्यो सडकको उद्घघाट्न गरि टुइटमा फोटो पोस्ट नगरेको भए सायद त्यो सिमा मिचियको नेपाली भुँमी अतिक्रमण भएको आवाज उठाउँने नेपाली जनताहरुलाई पनि थाहा हुने थिएन।

अनि तँपाईंको टन्टा नै साफ हुने थियो तपाईंको यत्रो टाउको दुखाई पनि नहुने र तँपाइको मन्त्रालयबाट जारी भएको परराष्ट्रमन्त्री या उच्च अधिकारी सहित को हस्ताक्षर बिनाको बिज्ञपति जारी गर्नु नै पर्ने थिएन।माफ गर्नु होला मान्त्री ज्यु बहादुर नेपालीको यति कायर मन्त्रीलाई मेरो देशको मन्त्री भन्न मलाई श्रम लाग्छ। भन्न मन लाग्छ त केवल बिदेशीको दलाल आफ्नो मात्री भुमीको अलिकती पनि माया नभएको लाचार मन्त्री।दलाल मात्रुको अर्थ आमा जो आमाको दलाल बस यही भन्न मन मात्र लाग्छ आजकाल,अनि तीनिहरुका हनुमानले चाहिँ के भनेर भन्दा हुन त्यो जान्ने मन लागेको छ । अब रह्यो कुरा मन्त्रीलाई थाहा भएन अनि यो देशको खुफिया एजेन्सी ले के हेरेर बसेको छ। कि देशको खुविया एजेन्सी पनि त्यही दलालीको हिस्सा मात्र त होइन भन्ने प्रश्न नेपाली जनताहरुको मनमा उठेको छ किन भने खुफिया एजेन्सीको काम के हो ? नेपालमा सेना, प्रहरी,ससस्त्र प्रहरी,नेपाल अनुसन्धान बिभागले कुन खालको खुफिया पेश गरे यो देशको यति ठूलो घटना हुने बेलासम्म कहाँ कुन दुलोमा पसेर खुफिया गिरि गरे कि नेपाली जनताहरुको खुन पसिनाको कमाइले तिरेको करबाट तलब भत्तामात्र खाएर बस्न पाइन्छ कि पाइदैन ? यो प्रश्न नेपाली खुवियालाई यो देशमा यति गम्भीर प्रकृतिको छिमेकी दुस्मनबाट रबैया हुँदा नि हाम्रो देशको खुबियाले कुनै रिपोर्टिङ सरकार या मन्त्रीलाई पेश गर्दैन भने यसको कुनै काम छैन भङ्ग गरिई दिए हुन्छ नामको खुबिया एजेन्सीलाई ।

यिनीहरुलाई नेपाली जनताहरुले तिरेको करबाट तलब खाने अधिकार कदापी छैन । मैले बिभिन्न्न सन्चार माध्याम र सामाजिक सन्जालमा हाम्रो जस्तो गरिब देश, सानो देशले यस्तो संकट र दुखद घडीमा केही गर्ने सक्दैन भन्ने परराष्ट्रमन्त्रीबाट सुने र पढे यो लाज मर्दो कुरा कसरी बोल्न सक्नु भएको मन्त्री ज्यु । हेर्नुस दुनियाँमा नेपाल भन्दा भुगोल या जनसंख्याले कयौँ गुणा साना देशहरुको बिकास उन्नतिहरु हेर्न र सिक्न लायक छ्न। जसले दुनियाँमा आफ्नो नाम शक्तिशाली रास्ट्रको रुपमा नाम दर्ज गराएक छ्न । अनि देश शक्तिशाली हुन भुगोलले खासै अर्थ राख्छ जस्तो लाग्दैन।शक्तिशाली हुनलाई त कुशल शासक, दृढ इच्छाशक्ति दृढ संकल्प र स्वभाव अनि काममा कमिट्मेट्नेस्स अनि पो देश र जनताहरुलाई सर्वोपरि राखेर काम गरे रास्ट्र शक्तिशाली हुन जान्छ र हुन्छ पनि हामीले सिक्न खोजे र गर्न चाहेपछी । यो बिश्वमा नेपाल भन्दा झन्डै ७ गुणा सानो देश इजरायलले प्रस्तुत गरेको प्रगती र शक्ति बर्णन गर्न लाएक छ जुन देशको खुफिया एजेन्सिको तारिफ गर्न लाएक छ । के त्यो देश भुगोलले गर्दा शक्तिशाली भएको हो । हामीलाई थाहा छ इजरायलको भुमिको क्षेत्रफल केवल २१००० बर्ग किलोमीटर मात्र छ एक पल्ट सोच्नुस त आज इजरायल दुनियाँमा कुन पोजिसन बनाएको छ। शक्तिशाली रास्ट्रहरु मध्ये कुन स्थानमा गणना हुन्छ त्यो देश को खुफिया एजेन्सीले आफ्नो देश आफ्नो देश विरुद्धमा हुने कुनै पनि क्रियाकलाप लाई नामो निसान मेटाइ दिमे तागत छ ।

इजरायलको एक उदाहरण दिन मन लाग्यो त्यो देशमा सन १९७० ताका एक खेल युनिओलम्पिक खेलको दौरान पलस्ताइन आतंककारीहरुले ११ जना खेलाडीको हत्या गरे पछि इजरायलका रास्ट्र प्रमुखले ती खेलाडीहरुको घर घरमा गएर सानत्वना मात्र दिएन कि आफ्ना खुफिया एजेन्सी जसको नाम (मोसाद ) लाई आदेश दियोकि हाम्रा खेलाडिहरुलाई मार्नेको एक बदलामा १०जनालाई मारेर देखाउ पछि त्यो मोसाद खुफियाले १६ बर्षको अप्रेशन गर्यो र २००० फिलिस्तानीलाई मारी दियो न केवल फिलिस्तान मात्र नभएर पूरा बिश्वमा लुकेर बसेका ती आतंककारीहरुलाई मारिदियो । त्यति सानो देश कसरी शक्तिशाली भयो कुनै अध्ययन,अनुसन्धान गर्न आज बिश्व लागि परेको छ सायदै थाहा होला इजरायल ले आफ्नो कुल ग्रहस्थ उत्पादनको ४% केवल खोज अनुसन्धानमा खर्च गर्छ दुनियाँमा अरु कुनै देशले यति खर्च गर्दैन । एक गम्भीर कुरा त के छ भने हामि लाइ हेप्ने शत्रुको व्यवहार गर्ने छिमेकी भारतले( ठ्याकै मिति बिर्से ) फिलिस्तानी माथी इजरायलले आक्रमण गर्दा भारतले इजरायलको बिरोध गर्यो पछि भारत लाई हाम्रो आन्तरिक मामिला माथी हस्त्क्षेप नगर्न चेतावनी दियो यो चेतावनी को अटेर गरे भारत माथी आक्रमण गर्ने धम्की दिएको थियो इजरायल ले त्यस पछि भारतले आजको दिन सम्म इजरायलको बिपक्षमा चु सम्म बोल्दैन देश शक्तिशाली हुन भुगोल ले अर्थ राख्दैन भन्ने यो एक ज्वलन्त उदाहरण यो इजरायल। भारत इजरायल भन्दा कति ठूलो छ आफै अध्यन गर्नु होला मन्त्री ज्यु।

अन्तमा माननीय परराष्ट्रमन्त्री ज्यु आफ्नो प्रेस नोट जारी गर्दा या मिडियामा बोल्दा नेपाली जनताहरुलाई, नेपाल देशलाई सिरोपरी राखेर बोल्न म एक जिम्मेवार नागरिकको तर्फबाट सुझाब दिन चाहान्छु।यो देश नरहे तपाईं हामी रहनुको खासै अर्थ छ जस्तो मलाइ लाग्दैन । जन्मे पछि एक दिन मर्नु त छ्दैँ छ मर्न देखि डराएर हस्ताक्षर बिनाको प्रेस नोट जारी गर्नु भएको हो भने तपाईंलाई बचाउँन हरेक नेपाली जनताहरु देशको ख्यातिर छाती थाप्न तयार मात्र हैन आतुर पनि छन।मन्त्री ज्यु तपाईं केवल देश र जनताको पक्षमा निडरताका साथ ल्याकत राख्नुहोस बोल्ने आँट गर्नुस न कि भारतीय दलालको पक्षमा उभिएने पनि हैन डराउने पनि हैन । तपाईले कुनै कुराको जानकारी नै पाउँनु हुन्न कि तपाईंका खुफिया एजेन्सीले भरपर्दो रिपोर्टिङ नै गर्दैन्न माननीय मन्त्री ज्यु अलि शंका लाहेर लागेर आउँछ ? जनताहरुको फेसबुक या सामाजिक सन्जालबाट जनताहरुले भारतीय नाङ्गो नाच थाहा पाउँदा तपाईं र तपाईंका खुफियाले थाहा नै पाउँदैन भने ती खुफिया एजेन्सीको के काम मन्त्री ज्यु यसमा प्रस्ट हुनुहोस र वास्तविकता के हो जनतालाई स्पस्ट पार्नुहोस।

यदि ती खुफियाले रिपोर्टिङ गर्दैन्न भने ती खुफिया एजेन्सी रु तुरुन्त खारेज गरौँ र हरेक नेपाली जनताहरुलाई सैनिक तालिम दिउ र सिमाको सुरक्षा मा खटियौँ ।जनताहरु देशको अस्मिताको लागि मर्न र मार्न तयार छ्न । केहि काम नगर्ने खुफियालाई किन तलब भत्ता दिएर पाल्ने हैन भने ठिक काममा प्रयोग गर मन्त्री ज्यु देश र जनताको सर्वोपरी हितलाई प्राथमिकता दिउँ..!! भारतीय बिस्तारबाद मुर्दाबाद ।। नेपाली जनता जिन्दाबाद ।। सीमा अतिक्रमण बन्द गर
।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम