दैलेख । झोलुंगे पुलमा बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ।

दैलेख र अछामलाई जोड्ने खिड्की ज्युलाको झोलुंगे पुलको एकापट्टिको लठ्ठा चुडिदा विहान देखी फसेका १४ वटा खच्चडको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय बासिन्दाको समेत सहयोगमा उद्धार कार्य जारी छ।

अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १४ वटा खच्चड पुलमा फसेका थिए ।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चड अड्किन पुगेका हुन। लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चड जालीमा अडकेका हुन् ।

‘सुरक्षाकर्मी र स्थानीयले पुलको जाली काटेर खच्चडलाई कर्णाली नदीमा खसालिरहेका छौं, केही खच्चड तैरिएर किनारमा आए, केहीलाई डुंगामार्फत् निकालिएको छ,’ आठविस ६ का वडाध्यक्ष नवराज शर्माले भने।

उनकाअनुसार हालसम्म चार वटा खच्चडलाई नदीमा खसालिएको छ। नदीमा एउटा डुंगा राखिएको छ। उद्धार गरिएको खच्चडहरूको उपचारका लागि मेडिकल टिम बोलाइएको वडाध्यक्ष शर्माले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

मोतियाँ विन्दु छनोट तथा अप्रेशन शिविर समुद्धघाटन समारोह सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम