काठमाडौँ । संसारको सबैभन्दा बलियो पासपोर्ट जापानको बनेको छ । 

अब जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्ने छन् । यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन् । 

पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ ।  ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इण्डेक्स ग्लोबल र्‍याङ्किङ’मा जापान १  नम्बरमा पुग्न सफल भएको हाे ।

कुनै पनि देशको पासपोर्ट भैल्यू जान्ने उपाय यो नै हो त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ ।  अर्थात ‘भीसा अन एराइभल’ को सुविधा हुन्छ ।यस सम्बन्धी तथ्याङ्क इन्टरनेश्नल एयर ट्रान्सपोर्ट असोसिएसन (IATA) ले उपलब्ध गराउँछ । ‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका पासपोर्ट धारकले विश्वका १९१  देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन् । विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इण्डेक्स’मा ७ औं स्थान प्राप्त भएको छ।  चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ ।

सूचीमा शीर्ष १० स्थान

१- जापान – १९१ देश

२- सिंगापुर- १९० देश

३- जर्मनी, दक्षिण कोरिया – १८९ देश

४- फिनल्याण्ड, इटली, लग्जमबर्ग, स्पेन -१८८ देश

५- ऑस्ट्रिया, डेनमार्क – १८७ देश

६- फ्रान्स, आयरल्याण्ड, नीदरल्याण्ड, पुर्तगाल, स्वीडेन – १८६

७- बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विटजरल्याण्ड, यूनाइटेड किंगडम, यूनाइटेड स्टेट -१८५ देश

८- ऑस्ट्रेलिया, चेक रिपब्लिक, ग्रीस, माल्टा -१८४ देश

९- क्यानडा -१८३ देश

१०-हङ्गेरी – १८२ देश

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम