🙏सहयोगकोलागि हार्दिक अपिल 🙏

कोरिया प्रवेश गरेको १ महिना पुग्न नपाउँदै रूकुम  पश्चिमको बाँफीकोट स्थायी घर भएका राजु बुढा मगर ख्यङ्गीदो प्रान्त को इछन सहरमा २०२२/०८/२२ तारिखका दिन बाइक दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर  सुवन को Aju University Hospital (아주대학교병원) मा ICU मा एक हप्ता उपचार पश्चात् होशमा आएर टाउको शल्यक्रिया गरी हाल सोही hospital मा उपचार क्रममा छन्। हस्पिटलमा उपचार खर्च मिति २०२२.०८.२२ — ०९.०५ सम्म २ करोड ३७ लाख कोरियन वन बराबरको बिल आइसकेको र यो खर्च रकम बढेर लगभग ३ करोड कोरियन वन नाघ्न सक्ने भएको छ। 

 राजुको घरको अवस्था पनि निकै नाजुक र दयनीय रहेको छ, जसमा मृगौला फेल भएर 4 वर्षभन्दा लामो समय शिक्षण हस्पिटल महाराजगन्जमा उपचार पछि आमाले दिएर प्रत्यारोपण गरि पुर्ण सन्चो नहुदा 30 लाख बढि खर्च गर्दा पनि बुवालाई गुमाए। एउटा  मृगौलाले काम नगर्दा पिडित दिर्घकालीन रोगी आमा र २ वर्षका जुम्ल्याह बच्चा छोडी घर परिवारको खुसीको लागि उनी भर्खर कोरीया प्रवेश गरेको र कृषि फार्म को साहुले अहिलेसम्म उनको कार्ड,  स्वास्थ्य बिमा लगायत् अन्य बिमा समेत नगरेको हुदाँ उपचार रकम जुटाउन एकदमै सकस भएकोले यस दुखद घडीमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाद्वारा संयुक्त सहयोग अभियान सुरू गरेकाले कोरिया र अन्य देशमा रहनुहुने सहयोगी संघ संस्था , परोपकारी दाजुभाई तथा दिदीबहिनीहरूमा  सहयोग गरिदिनुहुनको लागि  कर्णाली प्रदेश समाज दक्षिण कोरियाका का. वा. अध्यक्ष सुदिप रावत र राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष ओमलाल ओली ले हार्दिक अपिल गरेका छन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न