काठमाडौँ । स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँचजना पक्राउ परेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चारजना चिनियाँ नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम