कर्णाली प्रदेश,मुगु

परिचय

मुगु जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। नेपालको सबभन्दा ठूलो तालको परिचय पाएको राराताल पनि यहि जिल्लामा रहेको छ।  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मुगु जिल्लाको कुल जनसंख्या ६६,६५८ मध्य पुरुषको सङ्ख्या ३३,४४८ र महिलाको सङ्ख्या ३३,२१० रहेको छ।राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो।

ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा  पौराणिक  किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढी रहेको छ । प्राय : मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको  मालिक भन्न रुचाउछन् । यस जिल्ला मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता नदीहरु त्यसैका छेउछाउमा बस्ने डाँफे, कालिज चराहरुको सुमधुर धुन र कस्तुरीहरुको नाचले मुगु जिल्लाको बिशेष परिचय दिन्छन् । पशुपालन, साना व्यवसाय र जडीबुटी प्रमुख रहेका छन । स्वास्थ्य, शिक्षा जस्तो सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको भएता पनि विस्तारै आफु र आफ्ना आवश्यकताहरुको पहिचान गर्नसक्ने यस क्षेत्रका बासिन्दाको चेतनामा बृद्धि हुँदै आएको पाईन्छ ।

 सडक यातायातको अभावमा महंगो खाद्यान्न तथा औषधि उपचारको सामना गरी रहनु परेको छ । निकट भविष्यमा जनता स्वयं र सरकारी प्राथमिकताको आधारमा विकासको उज्यालो देख्ने कुरामा यहाँका बासिन्दाहरु आशावादी रहेका छन् । मुगु जिल्लामा भौगोलिक विविधता संग धार्मिक, सांस्कृतिक तथा भेष भुषामा पनि विविधता भएको जिल्ला हो । यहाँको सांस्कृतिक विविधता निकै अचम्म लाग्दो छ । त्यसैगरी यस जिल्लामा असुरो देखि यार्सागुम्वा र सिसौ देखि देवदार जस्ता काठ पाईने हुनाले यहाँको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाईन्छ । त्यसै गरी तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाईने सुन्तला र हिमालमा पाईने स्याउ, नास्पती जस्ता फलफूलहरु पाईनुका अतिरिक्त बाबियो, घाँस देखि बुकी फूल सम्म पाईने यस जिल्लाको भौगोलिक विविधता पनि आश्चर्यजनक छ।

नामाकरण

पौराणिक किम्बदन्ती अनुसार विभिन्न भनाईहरू रहेतापनि यस जिल्लाको उत्तरी भेगको इलाका नम्बर ३ मा पर्ने मुगु गाउँको नामबाट यस जिल्लाको नाम मुगु रहन गएको हो।

भौगोलिक अवस्थिति

मुगु जिल्लाको कुल क्षेत्रफल ३१०३ बर्ग किलो मिटर रहेको छ। समुन्द्र सतह देखि १२०१ मिटर देखि ६७०७ मिटर सम्म उचाईमा अवस्थित यस जिल्ला  २२ डि.४० देखि २९ डि.५६.३० उत्तरी अक्षांस र ८१ डि.४६.४० देखि ८२ डि. ४९.५७ पूर्व देशान्तर सम्म फैलिएको छ। मुगु जिल्लाको सदरमुकाम गमगढीको उचाई २२६६ मिटर छ भने यस जिल्लाको सीमाना  पूर्वमा डोल्पा, पश्चिममा बाजुरा, उत्तरमा हुम्ला देखि चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा जुम्ला, कालिकोट जिल्ला पर्दछन्।


स्थानिय तह

स्थानीयतह वडासङ्ख्या केन्द्र जनसङ्ख्या
छायाँनाथ रारा नगरपालिका १४ गमगढी २५,६९२
मुगूम कार्मारोङ गाउँपालिका पुलू ७,३०१
सोरु गाउँपालिका १० जिमा १४,३६४
खत्याड गाउँपालिका ११ खत्याड १९,३०१

पर्यटन

नेपालको सबै भन्दा ठुलो रारा ताल मुगु जिल्लामा नै पर्दछ । रारा तालको लम्बाई ५ किलो मिटर चौडाई, ३ किलो मिटर र गहिराई १६७ मिटर रहेको छ । समुद्री सतहबाट २९९० मिटरको उचाईमा अवस्थित रारा ताल मुगु जिल्लामा आउने पर्यटनको मुख्य आकर्षण हो । यसका साथै छायाँनाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङ्खेली हिमाल आदी पर्यटकिय स्थलहरू यस जिल्लामा रहेका छन् । भौगोलिक विकटताका कारण यि पर्यटकिय स्थलहरूको विकास र प्रवर्वर्द्धन हुन सकेको छैन

रारा राष्ट्रिय निकुञ्ज

रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित छ जसले रारा ताल तथा यस वरिपरिको क्षेत्रको भु-भाग ओगटेको छ। यसको क्षेत्रफल १०६ बर्ग किलोमिटर छ। यो निकुञ्ज इ.सं. १९७६ मा स्थापापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा ठूलो ताल राराताल रहेको छन् र त्यसैबाट यसको नामाकरण गरिएको हो। यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ। यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका मछाहरू संसारको अन्य कतै पाईंदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन्।

छायाँनाथ मन्दिर

छायाँनाथमन्दिर मुगु जिल्लामा पर्ने एक नेपालकै चर्चित मन्दिर हो । यो मन्दिर मुगु जिल्लाको डोल्फु गाविस अन्तर गत पर्ने चैन गाउँमा अवस्थित छ । समुद्री सतह देखि ४५ सय मिटरको उचाईंमा अवस्थित यस मन्दिरमा प्रत्यक वर्ष जनै पुर्णिमाको समयमा ५ दिनसम्म मेला लाग्ने गर्दछ । जनै पुर्णिमाको बेला जुम्लाको ठाकुरज्यूको गाथ पुजारीका साथमा बाजागाजा र सुरक्षाकर्मीहरू सहित छायाँनाथ मन्दिरमा लगेर गए पछि छायाँनाथ तिर्थयात्रा सुरु हुन्छ । ठाकुरज्यूको गाथ जनैपुर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनका लागि पश्चिम नेपाल साबिकको सेती, महाकाली, राप्तीकर्णाली अञ्चलका १५ जिल्लाबाट महिला पुरुष धामी झाँक्री सहित तिर्थालुहरूको लर्को लाग्ने गर्दछ । त्यहाँका स्थानिय वासी तथा मन्दिरका पुजारी यस मन्दिरलाई बद्रीनाथकेदारनाथ जस्तै एक पवित्र धाम अथवा शक्तिपीठ हो भन्ने मान्दछन् । यस मन्दिर भन्दा माथी शिव, पार्वती, विष्णुका मुर्तीहरू अङ्कित गुफाहरू रहेका छन् । सत्य युगमा भगवान शिवले सतिदेवीको मृत शरिर पिठमा बोकेर हिंडेका बेला सतिको मृत शरिर गलेर जहाँ जहाँ सतिका अङ्गहरू पतन भए त्यहाँ त्यहाँ शक्तिपीठहरू बन्दै गएको कथा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ । यसरी सतिको मृत देह गलेर पतन हुने क्रममा छाँया क्षेत्र नामक स्थानमा बाँकीका सबै अङ्गहरू पतन भए भन्ने कुरा पनि सोही स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छायाँ क्षेत्र यही छायाँनाथ मन्दिर रहेको स्थान हो भन्ने भनाई रहेको छ ।

चङ्खेली हिमाल

चङ्खेली अथवा चंखेली हिमाल मुगु जिल्लाको र हुम्ला जिल्लामा पर्ने चंखेली गाउँपालिकाको सिमानामा अवस्थित हिमाल हो । यो हिमाल मुगुको साविकको रूगा गाविसको बाम भागमा रहेको छ । हाल चलनमा नरहेको नेपाली १ रुपैयाँको नोटमा चङ्खेली हिमालको फोटो अंकित गरिएको छ । चंखेली हिमालको उचाईं समुद्री सतहबाट ४५ सय मिटर रहेको छ । हुम्ला र मुगु  जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल कर्णाली अञ्चलकै सबै भन्दा ठुलो हिमालका रूपमा लिइन्छ । २०३५ सालमा तत्कालिन राजा विरेन्द्रले चंखेली हिमालमा २ दिनसम्म शिकार गरेर रमाएका थिए । रारा तालसँगै हिमालको सुन्दर दृश्यका लागि चंखेली हिमालको टुप्पो महत्त्वपूर्ण रहेको छ । यहाँबाट रारा तालसँगै विभिन्न हिमालहरू हेर्न सकिन्छ । चंखेली हिमालको टुप्पोमा पुगियो भने रारा ताल मात्र हैन नेपालकै दुईवटा ठुला धार्मिक धाममा पर्ने मुगुको छायाँनाथ धामसहित साइपाल हिमाल र काञ्जिरोवा हिमालको दृश्यावलोकन गर्न सकिन्छ, अन्य सुन्दरता त कत्ति हो कत्ति रहेको छ।

रारा ताल

रारा ताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमालकान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने ‘असला’ जातको माछा पाइन्छ।

डाँफे

डाँफे नेपालमा पाइने एक चरा हो । यो नेपालको राष्ट्रिय पंक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नयाँ प्रकारको डाँफे पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। खोजीको लागि सर्वेक्षण चलिरहेको छ, यद्यपि मानिएको छ कि यो स्क्लेटर मोनालको उपजाति हो अथवा संभावित छ कि यो एउटा नया प्रजाति हो तर यो अहिले पुष्टी हुनु बाकी नै छ। यो हिमाल मोनालको उपजाति हो भन्ने अहिले सम्म कुनै पुष्टी हुनेको अतो पतो छैन। तर पनि, एक अध्ययनले पश्चिमोत्तर भारतको नर हिमाली मोनालमा सेतो पुच्छरको कमी देखाएको छ जुन कि अन्य हिमाली मोनालमा पाइन्छ र छातीमा धेरै हरियो देखिन्छ जसले गर्दा लाग्छ कि यो दोस्रो कुनै उपजाति हो।  ७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ। डाँफे विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछ। यसले लालीगुराँस तथा मालिङ्गो भएको जङ्गलमा कीराफटयाग्रा, बाँसको तामा, कलिलो मुना खान रुचाउँछ। यसले माटोमै अन्डा पार्छ र बच्चा कोरल्छ। डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ। डाँफे हिमरेखा क्षेत्रमा बस्न रुचाउने खालको पंक्षी हो। यस डाँफे पंक्षीलाई बढी लजालु र काँतर स्वभावका भएको चराका रूपमा समेत लिन सकिन्छ। डाँफेलाई आफू भन्दा ठूलो बलियो तथा अन्य हिन्स्रक चराहरूले तथा अन्य जनावरहरूले जिस्काउने र लखेट्ने गर्दछन्। यसरी तिनीहरूबाट बच्न एवम् जोगिनका लागि भाग्ने क्रममा ठोक्किएर डाँफेको अकालमा मृत्यु समेत हुने गर्दछ।

अर्थतन्त्र

नेपालकै मध्य पश्चिमाञ्चल विकाश क्षेत्र अन्तर्गत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणबाट विश्लेषण गर्दा विगतका वर्षहरूमा ७५ औँ स्थानबाट माथी उठ्न नसके पनि हालको अवस्थामा यो जिल्ला सडक सञ्जाल जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतनास्तरमा क्रमशः विकास हुनको परिणाम स्वरुप शाक्षरता दर औषत आयु र प्रति व्याक्ति आय जस्ता सूचकहरूमा सुधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औँ स्थानमा पर्नु जिल्लाको विकास क्रममा उल्लेख्य उपलब्धि हो । नवौँ गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा शुशाषन प्रवर्द्धन सबैको सहयोग र सहकार्य भएमा आगामी वर्षहरूमा मानव विकास सूचकाङ्कको सूचीमा थप सुधार हुने निश्चित छ ।

हावापानी र तापक्रम  मुगु जिल्लाको समशितोष्ण, उष्ण, शितोष्ण र शीत प्रधान हिमाल (ठण्डा शितोष्ण) समेत जम्मा ४ किसिमका हावापानी पाईन्छ ।  तापक्रम हिउरेखा भन्दा तल न्यूनतम ८ डिग्री सेल्सियस देखि अधिकतम ३० डिग्री सेल्सियस हिउ रेखा भन्दा माथी ० डिग्री सेल्सियस ।  औसत बार्षिक बर्षा : – ७०६   मि.मि. सम्म ।

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ।

                   सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

पूर्वराजा सुदूरपश्चिम भ्रमणको तयारीमा

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता