गोकर्णेश्वर नगरपालिका काठमाडौं द्वारा आयोजित रास्ट्रव्यापी गजल महोत्सवमा प्रथम स्थान प्राप्त गरेका दीपिन सिजापति पश्चिम दैलेखको ठॅाटीकाधॅ गॅाउपालिकामा जन्मेका हुन। सोही गाँउपालिकाकै श्री भवानी मा. वि. बहाँकोटमा शिक्षण पेशामा आबद्ध दीपिनले “मान्छेको खेती” कविता सङ्ग्रह प्रकाशित गरि सकेका छन भने “रगतको चिठी” गजल सङ्ग्रह प्रकाशन हुने तयारिमा छ। साहित्यिक वाङमय क्षेत्रको यो गजल बिधामा उनले हासिल गरेको उपलब्धि सबैका लागि प्रेरणा बनेको छ।यो पक्कै सानोतिनो उपलब्धि हैन। निरन्तर साधनाले परिपक्क दीपिन सिजापति एक उच्चकोटिको गजलकार तथा कवि हुन। यो सफलताले उनलाई नेपाली कला साहित्य र गजल क्षेत्रमा अझै बढी जिम्मेवारी र संबेदनसिल बनाएको छ।

 सामसामयिक विषय बस्तु सङ्ग सम्बन्धित उर्जावान र चोटिला गजल र कवितामा कलम चलाई रहेका दीपिनको वाचन शैली पनि निकै सुमधुर र अब्बल छ। यसरी नै प्रगतिका पाइला सफलताको शिखर तिर लम्कि रहुँन। उनको यो सफलतामा सारथी संसार मेडिया पा.लि. परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”