काठमाण्डाैं । डीजी प्रोडक्सन यूकेले निर्माण गरेको “यसरी घुरेर” गीतको म्युजीक भिडियोको होटल कुमार दवार काठमाण्डौंको इभेन्ट हलमा २१ गते शुक्रवार चिर परिचित सिने डाइरेक्टर मिलन चाम्सको प्रमूख आतिथ्यमा एक भव्य समारोहको विचमा सार्वजनिक भएको हो ।

उक्त समारोहमा नेपालका बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल, बरिष्ठ टेिलभिजन प्रस्तोता नरेश भट्टराइ, मेची नगरका पहिलो चेली गीता आचार्य, बीएफवीएस गोर्खा रेडियोका पत्रकार विनोद ध्वज खड्का साथै अन्य कलाकारहरूको गरिमामय उपस्थिती रहेको थियो ।

मनोरञ्जनका साथै नेपाली संस्कृति र भेषभुसालाई सम्मान गरौं भन्ने शन्देश बोकेको यस म्युजिक भिडियोको निर्मात्री अल्का गुरूङ रहेकी छन् । धन किरण गुरूङको यो साह्रै मिठो र समय सुहाउँदो (यसरी घुरेर)को म्युजिक भिडियोले दर्शक साथै स्रोताको मन जित्नेमा कुनै दुइमत छैन् । यस गीतको स्वर, शब्द, संगित साथै भिडियोको निर्देशन गुरूङ आफैले गरेका हुन् ।

भिडियोमा चर्चित कलाकार बुद्धि तामाङलेको बिशेष भुमिका छ, भने मोडलमा रिया श्रेष्ठ, काशी घले, र कुसुम घतानेको दमदार प्रस्तुती रहेको छ ।सिनेम्यट्रोग्रफिमा दिनेश पराजुलि इडिटिङ साथै कोरियोग्रफिमा मिलन विश्वकर्मा, मेकअपमा शर्मिला शुनुवार, असिस्टन्ट डाइरेक्टरमा गौरव दर्पन रहेका छन् । गीतको संगित संयोजन सुरत प्रधानो रहेको छ भने रेकर्डिङ मिक्सिङ मित्र लामाको रहेको छ । भिडियाे हेर्न तल क्लिक गर्नु हाेला ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम