काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।