कर्णाली प्रदेश,कालिकोट

परिचय

कालिकोटजिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो।राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजा अनुसार कालिकोट जिल्लाको कुल जनसंख्या – १,४४,९१७ जस मध्य पुरुष – ७२,२४३ र महिला – ७२,६७४ रहेका छन। वि.सं. २०४० मा जिल्ला सदरमुकाम मान्मबाट माथी लेकको चुचुरो खांडाचक्रमा सारियो ।

नामाकरण

जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीका गाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु)बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ । कालिकोट जिल्लाकोको नामाकरण सम्बन्धी निम्न किँवदन्तिहरू पाइएका छन्

  •  मुग्राहाँ गा.वि.स.को कालिका गाउमा अवस्थीत रहेको कालिकादेवीको मन्दिर (मांडु)बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको  हो।
  • कालिकोट जिल्लाको “कालिकोट” भन्ने गाउँको नामबाट तत्कालिन रा.पं.स. धर्म दत्त संज्यालले यो जिल्लाको नामाकरण गरेका थिए ।

पृष्ठभूमी

कालिकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो।यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको हालको कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र बाई गा.वि.सहरु वि.स. २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा  ३० वटा गा.वि.सहरु रहेकाेमा हाल ३ नगर पालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन्  ।

भुगोल

जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ ।  यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र  बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ । त्यस्तै अन्य स–साना खोलाहरुमा  फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हो।

प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रहरू

कालिकोट जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर  (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली,  रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्वपूर्ण मानिन्छ । यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सर्म्वर्द्धन गरी वाह्य र आन्तरिक पर्यटनलाई आर्कषण गरी पर्यटकिय क्षेत्रकोरुपमा विस्तार गरे यस जिल्लाको आय आर्जनमा टेवा पुगि गरिवी निबारणमा सहयोग पुग्ने देखिन्छ । जसको लागि विभिन्न तह र तप्कावाट प्रचार प्रसार गर्न आवश्यक छ । पर्यटन वर्ष लाई लक्षित गरि विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु मार्फत पनि पर्यटकलाई यस जिल्लामा भित्राउन सकिने प्रवल संभावना देखिन्छ ।

जिल्लाको सीमाना

 पुर्व–जुम्ला
     पश्चिम– अछाम
     उत्तर– मुगु, बाजुरा
    दक्षिण– दैलेख, जाजरकोट

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ६ गाउँपालिका छन्।

  • खाँडाचक्र नगरपालिका
  • रास्कोट नगरपालिका 
  • तिलागुफा नगरपालिका 
  • पचालझरना गाउँपालिका
  • सान्नी त्रिवेणी गाउँपालिका 
  • नरहरिनाथ गाउँपालिका
  • शुभ कालीका गाउँपालिका
  •  महावै गाउँपालिका
  • पलाता गाउँपालिका

राजनैतिक विभाजन

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र – १
     प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र – २
     नगरपालिका – ३ 
     गाउँपालिका – ६

भू–उपयोग

कुल क्षेत्रफल – १७८,०३० हेक्टर (१७४१ बर्ग कि.मि.)
    खेतियोग्य जमिन – १७,९८४ हेक्टर (१०.११ ५०)
    खेती भईरहेको भूमी –  ८७१२.५ हेक्टर
    बनक्षेत्र – ११,१०९०.१३ हेक्टर (६१.४०५०)
    चरन क्षेत्र  – ४५,००० हेक्टर (२५.२७ ५०
    अन्य नदिनाला भिरपाखा – ३,६१४.०१हेक्टर (२.०३ ५०)

प्रमुख बजार

  मान्म खाडाचक्र
     शिवनगर जितेगढा
     लालीघाट बजार
     पिली बजार
     नाग्म बजार
    आर.सी.पी.बजार

 मुख्य जडिबुटीहरु – पाँच औँले, कटुकी, सुगन्धबाला, लौठेसल्ला, बोजो, अत्तिसी, जटामसी, निर्मसी, सिलाजित, टिमुर, चिराइतो, हर्रो, अमला, आदि ।

धार्मिक तथा पर्यटकीय स्थल

  ·  बडीमालीका मन्दिर (कालिकोट बाजुरा सीमाना)
   ·  मालिका मन्दिर (पचालझरना  गा पा र तिलागुफा न‍‌ पा)
   ·  महाबु शिवजी मन्दिर (महावै गा पा )
   ·  पञ्चदेवल (पञ्च पाण्डव द्वारा निर्मित, खाँडाचक्र न पा )
   ·  चुलिमालिका मन्दिर (खाँडाचक्र न पा )
   ·  तिला गुफा (तिलागुफा न.पा.)
   ·  ढुंगे बगैंचा (खाँडाचक्र न पा)
   ·  रामारोशन (कालिकोट र अछाम सीमाना)
   ·  रुढु बन्चु पाटन (कालिकोट र दैलेख सीमाना)
   ·  पचाँल झरना (पचालझरना  गा पा) ३८१ मिटर
   ·  कालिकाकोट देवी मन्दिर (शुभ कालिका  गा.पा.)

स्वास्थ्य सेवा

  ·   जिल्ला स्वास्थ्य कार्यालय १
    ·   जिल्ला अस्पताल १
    ·   प्राथमिक स्वास्थ्य केन्द्र १
    ·   स्वास्थ्य चौकी २८
    ·   आयुर्वेद औषधालय १
    ·   आखाँ उपचार केन्द्र १

जिल्ला सदरमुकाम बाट छिमेकी जिल्ला जाने सडक

·  खुलालु–भानाकोट (अछाम)
·  हाउडी–बजाङ्गेकोट (दैलेख)
·  डिल्लीकोट–माहवु रानीवन (दैलेख)
·  नाग्म–रारलिही (जुम्ला)
·  नानीकोट–लैफु (बाजुरा)
·  धौलागोह–साप्पाटा (बाजुरा)
·  भर्ता–कराले (दैलेख)
·  थिर्पु–धौलागोह, लाम्राबजार (बाजुरा)

देशको समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई विश्व सामु पस्किन जरुरी छ। 

                  सङ्कलन: पि.एस. क्षेत्री, स्रोत: गुगल



Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम