काठमाडौँ, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन् । कोभिड–१९ (कोरोना) भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्

खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरेको चार दिन भइसकेको छ । सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले जनस्तरमा पार्टी र सरकारप्रति आक्रोश उत्पन्न भएकाले यसले पार्टी र सरकार दुवैलाई गम्भीर हानि पुग्ने भन्दै सचिवालय बैठक माग गरेका थिए । तर अध्यक्ष दाहालले यो विषयमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न समय पाएका छैनन् । एक हप्ताको समयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच जम्मा दुईपटक भेटघाट भएको छ । ‘नेताहरुले सचिवालय बैठक माग गर्दा पनि उहाँ (दाहाल)ले राख्न सक्नुभएको छैन’, सचिवालयका एक सदस्यले भने ।

सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका छन् । यही बीच दाहालले पूर्वमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर शुक्रबार छलफल गरेका थिए । स्रोतका अनुसार उनीहरुबीच लामै छलफल भएको थियो । नेपाली सेनालाई स्वास्थ्य उपकरण तथा औषधि खरिद गर्ने जिम्मेवारी दिनेदेखि क्राइसिस म्यानेजमेन्ट समितिको कार्यालय सेनाको ब्यारेकमा राखेको विषयमा समेत छलफल भएको थियो । गत पुसमा सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले पार्टीभित्र गुट भेला नगर्ने निर्देशन दिएविपरीत उनले आफू पक्षीय मन्त्री र नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

दाहालले दैनिकजसो पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँग टेलिफोनमा कुराकानी गरिरहेका छन् । उनले पार्टीको बैठक बोलाउने विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको तर कुनै जवाफ नपाएको सचिवालयका सदस्यहरुलाई जानकारी दिएका छन् । ‘दाहालले सम्पर्क गरिरहनुभएको छ । हामीले पार्टीभित्र छलफल गर्नुपर्ने विषयहरु भएकाले सचिवालय बैठक बोलाउन भनेका छौं, स्वास्थ्य उपकरण खरिदलगायतको विषयलाई लिएर पार्टी र सरकार दुवैको आलोचना भएको छ । यस्तो बेलामा पार्टी शीर्ष नेतृत्व मौन बस्नु हुन्न भनेका छौं’, सचिवालयका एक सदस्यले भने । उनका अनुसार अघिल्लो पटक दाहालले सचिवालय बैठक बोलाउँदा गरिएका निर्णयप्रति ओलीले असहमति जनाएका कारण अहिले दाहाल एक्लै बैठक बोलाउने अवस्थामा छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम