काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको हो । किशोरीलाई भारततर्फ लग्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट झुक्याएर भारत लान लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताउनुभयो । रासस

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

श्रीमती बाट घात २१ दिन जेल जीवन

भारत । आठबीस नगरपालिका वडा नं. ०९ छेपाडि