काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले विपत्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम