आमा तिम्रो दुःख अनि आँसुको
संयोजन बाट बनेको मेरो निधार
मलाई लखेटी लखेटि सोधिरहन्छ
आँखिर के हो त ? जीउँनु को सार
कहिले बनाउछस् तेरा नवीनतम्
सृजना को पृथक संसार ?
म भन्छु,
विचारको बंजर जमिन खन्नु छ
आफ्नै रुचिकर बिऊ रोप्नु छ
जब उम्रने छन सुन्दर सपना
बाटो रोक्ने झारपात उखेलि
किट्नाषक बार लाउनु छ
कर्म को फल भित्र्याउन
कल्पनाको अग्लो महल बनाउनु छ
प्रथम पटक सफलताको
शिखर चढ्ने महापुरुष हरुले,
जसरी..
आफ्नो मार्ग आफै तयार गरे
तपस्या को अग्नि कुण्डमा पौडिएर,
जसरि..
बुद्ध षुरुषले निर्वाण प्राप्त गरे
आकाशमा उडने जमिनमा गुडने
पानीमा तैरिने युगको,
जसरि….
परिकल्पना, प्रतिवादन र प्रक्षेपण भयो
आमा सायद,
त्यसरि नै…
यो सजिव हृदयमा
उत्साह को विजारोपण भयो
त्यो उत्साह,
जसले…
पानी भित्र पनि आगो देखाउछ
त्यहि उत्साह,
जसले..
मृत्यु पछि पनि जीउँन सिकाउछ ..