मेरो नाम गोरख बहादुर कठायत हो । घर कर्णाली प्रदेश दैलेख हो । म विगत ४ बर्ष देखि काठमाडौं मा बस्छु । कोरोना माहामारीका बावजुत पनि अनेकौं समस्याहरु झेल्दै जेनतेन बसिरहेको छु । २०१८ मा EPS पास गर्न सफल भएको म एक विधार्थी हो । दक्षिण कोरिया रोजगारीका लागि राम्रो गन्तव्य मानिन्छ । यहाँ जान नचाहने नेपाली यूवाहरु पनि सायदै कम हाेलान्, म पनि तेहि युवा हो, जो रोजगारिको लागि दक्षिण कोरिया जान चाहन्छु । २०१८ मा पास भई मेडिकल, रोजगार आवेदन फारम भरि सबै गर्नु पर्ने काम सकेर भिषाको पर्खाईंमा बस्दै, आफ्नो अरु पेशा साथै अध्यानलाई नियमित गर्दै धेरै समय पर्खिएँ । अब, करिब २ बर्ष पछि २०२० को February महिनामा हुने रोजगार छनौट चरणमा म पनि छनौट भए र भिषा प्राप्त गरे । त्यसपछिका हुने काम LC.CCVI अनि सीप परिक्षण तालिम, मेडिकल लगायतका सबै काम सकाएर फलाईटको लागि पासपोर्ट पनि बुझाईयो । फलाईट मिति पाउदै गर्दा कोरोना माहामारीमा हाम्रो देशपनि उच्च जोखिममा परेकोले सरकारकाे लकडाउन गर्ने घोषणासंगै नभन्दै २ दिनपछि देश भरि लकडाउन भयाे, त्यसैमा म पनि परें । त्यसपछि म लगायत EPS पास गरि रोजगार अनुमतिको लागि छनौटमा परेका सबै साथिहरुको रोजगार अन्यौलमा पर्यो ।

लकडाउन लम्बिदै गयो । यसैका कारण हाम्रो रोजगार धरापमा पर्न गयो । हामी फेरि विदेश जाने मान्छे भनेर कडाइको साथ नियम पालना गर्दै बसियाे । सामाजिक सञ्जालमा EPS सम्बन्धि विभिन्न ग्रुुप पेजबाट समाचार लिने दिने क्रममा नचिनेको मान्छेहरूसंग पनि परिचय हुन पुग्याे । विशेष काठमाडौंमा हुनुहुने साथिहरुसंग नजिक हुने अवसर मिल्याे । यस अवस्थामा लकडाउनकाे सदुपयाेग गर्दै साथिहरूसंग छलफल गरि EPS पीडित परियार गठन गरियाे र संयोजक अजय सोडारि मित्रलाई बनायाैं । अब यसै अनुरुप सबै साथिहरुले साथदिए आफू देशको जुन ठाउँमा भएपनि यो समितिबाट हाम्रो सबै कुराहरु नेपाल सरकार समक्ष सुनुवाइ गराउने प्रयत्न गर्याैं । लकडाउनका नियम पालना गर्दै शान्त रुपमा मन्त्रालयसंगै पर्यटन मन्त्री भेटघाट गरि कुरा राखियाे र हामिले कुरा राख्दा एकदम सकारात्मक रुपमा लिएपनि खासै सुनुवाइ नभएको हामिले पायौं । २,३ वटा शान्त आन्दोलनबाट सुनाउने प्रयास पनि गरियाे । लकडाउनका नियम मास्क, पञ्जा, सेनिटाइजर सामाजिक दुरि कायमका साथ शान्त रुपमा साथिहरु मिलेर सडकमा पनि खडा भयाैं । यति मात्रै हैन बिभिन्न मिडिया टेलिभिजन रेडियो, पत्रकार मार्फत पनि हाम्रो समस्या भन्याैं । अझ भनौं धेरै पत्रकारहरुले देशमा रोजगार छैन किन जाने विदेश ? भन्ने प्रश्न को पनि सामना गरियाे । त्यसपछि हाम्रो कुरामा सकरात्मक रहेपनि माथिल्लो निकायबाट आवश्यक कदम नचालिसकेपछि केहि आशा केही निराशाकासाथ देशमा कोरोना बढ्दै गएपछि हामी पु:न लकडाउन पालना गर्दै बन्द कोठामा कुण्ठित हुन बाध्य भयाैं ।

अहिले पछिल्लो समय नेपाल सरकारको उडान खुलाउने कुरामा अलिकति मनमा आशा बढ्यो, फेरि सारियो फेरि निराशा, अन्त्यमा सुविधायूक्त र कोरोना नियन्त्रण भएकादेशमा नियमित उडान गर्ने कुराले आशा पलायो । दिन नजिकैदै गर्दा शुरु पनि भए नियमित उडानहरु । तर नेपालबाट कोरिया पठाउने विषयमा सरकारले कुनै चाँसाे नदिएकाे देख्दा मनमा निराशा उत्पन्न हुन्छ । अब भनिदिनुहोस हामिलाई माथिल्लो तवरबाट हाम्रो रोजगारको बिषयमा किन केहि कुरा हुदैन ? फागुन, बैशाख र असारमा तीन चरणमा रोजगारको लागि छनौट भएका कमिटेड गरि करिब 5000 यूवाको रोजगार गुम्ने नै होत ? करिब 500 जना साथिहरुको भिषा छनौट भएको कम्पनीले रद्ध गरि रोजगार गुमाईसकेका छन् । बेलाबेलामा सत्ता परिवर्तन र मन्त्री परिवर्तन भईराख्दा दक्षिण कोरियाको रोजगार विषयमा कता-कता हिजोआज सरकार स्पष्ट नभएकाे जस्तो महसुस हुन्छ ।

Goverment to Goverment को तरिका बाट रोजगारमा काम गर्न छनौट भएका कामदार दक्षिण कोरिया जाने भएतापनि एउटा रोजगारको लागि छनौटमा परेको कामदारको हकमा सम्पूर्ण अधिकार छनौट गरेको कम्पनी मालिकको हातमा हुन्छ । उसले समय अनुकुल नहुदा जुनसुकै बेलापनि भिषा रद्ध गर्न सक्छ, र रोजगार गुम्छ । आजसम्म आईपुग्दा यो पीडा धेरै साथिहरुले पाईसकेका छन् । अनि हामी, रोजगार मा जानलाई पर्खिरहेका यूवाको कुरा हाम्रो अभिभावक नेपाल सरकारले नसुनिदिने हो भने कसले सुनिदिन्छ ? कामदार मागको सुचि गराई हामीलाई छिटै रोजगारमा जाने वातावरण मिल्ने कुराको अपेक्षामा छौं । हामी सामाजिक दुरि कायम गरि, अनावश्यक रुपमा वाहिर ननिस्केर, अनिवार्य मास्क प्रयोग गरेर, बेला-बेलामा साबुनपानीले हात सफा गरि, सेनिटाईजर प्रयोग गरि, लकडाउनको विशेष नियम पालना गरि, कोरोनाबाट बचिए पनि तर अल्झिएको भविष्य र गुम्नै लागेकाे रोजगारबाट कसरि बच्ने हाेला सरकार ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ए ! साथी फर्की हेर..

ए ! साथी फर्की हेर यस दुनियाँलाइ आज