एजेन्सी । उत्तरी इटालीको आल्पस पहाडमा एउटा ठूलो हिउँको ढिक्को धराशायी हुँदा आएको हिम पहिरोमा परेर कम्तिमा पाँचजना मानिसको ज्यान गएको छ । आपतकालीन सेवाका अधिकारीहरूले यस प्राकृतिक विपत्तिमा घाइते भएका अन्य आठजना मध्ये दुईजनाको स्थिति चिन्ताजनक रहेको बताएका छन् ।

उद्धार कार्यमा सहयोग पु(याउनका लागि पाँचवटा हेलिकोप्टर र दर्जनौँ आपतकालीन कार्यकर्तालाई तत्काल घटनास्थलतर्फ पठाइएको थियो ।

सार्वजनिक भएको एउटा भिडियोमा सो क्षेत्रै सबैभन्दा अग्लो पहाड मार्मोलदाको भिरालोमा विशाल हिउँका पिण्ड झर्दै गरेको देखिन्छ । हिम पहिरो आएका बेला त्यहाँ कति जना पर्वतारोहीले हिमाल चढ्दै गरेको भन्ने यकिन रूपमा थाहा हुन नसकेको आपतकालीन सेवाका महिला प्रवक्ता मिचेला क्यानोभाले बताएकी छन् ।

त्यतिबेला त्यहाँ करिब १५ जना पर्वतारोही रहेको हुनुपर्ने अनुमान गरिएको छ । विश्वमा बढ्दो तापक्रमका कारण हिउँ पग्लिँदा यसरी हिमपहिरो आउने गरेको बताइएको छ । बीबीसी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम