वर्तमान सत्ता र संघिय व्यावस्थामा गणतन्त्र देख्ने र सरकारमा बस्न पाएकोमा घमण्डले फुल्नेहरुको कमि छैन् । तर खै कहाँ छ गणतन्त्र ? गणतन्त्र शासनकाल देखि अहिलेसम्म देश अर्ध-शामन्ति र अर्ध–औपनिवेशिक अवस्थामा नै छ । राणा शासक, पञ्च शासक, वहुदल शासक वा संघिय शासक चाहे जुन रुपमा होस, शामन्त, नोकरशाह, दलाल र पुजीँपति वर्ग नै सत्तामा छन् । भ्रष्टचारि, तस्करि, बेरोजगारि, व्यविचारि, ठगि, गरिबि अन्याय, अत्यचार, दमन, उत्पीढन, हिँसा, राज्यआतंक भिन्न रुपमा सब उहि छ ।

राणा शासन र पञ्च्यति निरंकुस शासन भन्दा फरक गणतन्त्रात्क शासन व्यवस्थाले समस्त विकृति र विसंगतिहरु तथा सबै निचता र कुरुपतालाई यसले आफुमा पुरै समेटेको छ । अनि तिनलाई झन चुल्याउदै लगेको छ । यहाँ गणतन्त्र होईन्, गणतन्त्रको नाममा पाखण्ड छ । गणतन्त्रात्मक व्यवस्थालाई दलाल नोकरशाही पूजींपतिले बुद्धिसंगत देखाउन खोजिए पनि यो आर्थिक, राजनितीक, साँस्कृतिक हर दृष्टिले दिन प्रतिदिन ध्वस्त हुँदै गएको छ । हो, गणतन्त्र ल्याउन सम्पूर्ण नेपालीले महत्वपूर्ण त्यग र वलिदान गरेका छन् । यो हाम्रो सौभाग्यको विषय हो । तर यहाँ वीर शहिदहरुको रगतमा लतपत्तिएका शासक भने विचार र विमर्शले उहि तानाशाही जस्तो रुढिंवादी जस्तो देशको हालत दिन प्रतिदिन भयावह र नाजुक बन्दै गईरहेको छ ।

एकातिर देश भित्रका आन्तरिक समस्यहरुले चरम रुप लिएका छन् । दिन प्रतिदिनका हत्य, हिँसा, बलात्कार बढिरहेका छन् । जातिय मुद्धाले ठुलो रुप लिएको छ । समय समयमा रुकुम हत्या काण्ड, कैलाली हत्या काण्ड जस्ता जघन्य अपराधहरु निम्ति रहन्छन्, त कहिले दलितले धारा छोएको निहुँमा कुटपिट गरिन्छ । कहिले गैर दलित भित्र पनि सानो जात र ठुलो जातको भेदभावमा आडम्बरि देखिन्छ । कहिले राजधानीमा साना जातको भनेर घरभेटिद्वारा कोठाबाट निकालिने गरिन्छ । कहिले निर्मला पन्त जस्ता तमाम् नारी बलत्कृत हुने गरेका छन् । आखिर यो सब हुनलाई आएको हो गणतन्त्र ? हामीले गणतन्त्रको परिभाषा कसरी बुझने ? अन्यायमा परेकाहरुले समुचित न्याय नपाउनु पक्कै पनि होइन होला गणतन्त्रकाे परिभाषा ! अर्को तिर छिमेकी राष्ट्रसंगको समस्या सुल्झाउन सकिएको छैन् । कहिले हाम्रो राष्ट्रिय विभूति गौतम बुद्ध छिमेकी देश भारत मेरो हो भनेर प्रचार प्रसार गर्छ । बेला बेलामा सिमाना मिचेर दमन गर्छ । कहिले सिमानाको किसानहरु भारतियहरुबाट कुटिन्छन् । हाम्रो गौरव दिनप्रतिदिन बेचिदै छ ।

उता सरकार भने जनाताको आँखामा छारो हाल्न सिपालु छ । ३ कारोड नेपाली सिमानाको अंशलाई सुरक्षित गरौं भन्दै उर्लिएका छन् । तर सरकार मौन छ । मानौ २ करोड नेपाली बृद्ध, असाहय, अपांग होलान् । हामी एक करोड यूवा सिमानाको सुरक्षा गर्न, सिमानामा पिल्लर गाभ्न र काँडेतार लगाउन तयार छौं । परन्तु सरकारले मात्र हामीलाई आदेश देओस, हामीलाई अर्ध–औपनिवेशिक नबनाओस । हामीले जति परिवर्तनका कुरा गरे पनि जुन सत्रुवाद, अराजकतावाद व्यक्तिवाद छाडावाद प्रवृतिले मानसिक रुपमा सन्तुलित छैनाैं । जहाँसम्म पूजीँपति वर्गले शासन सत्ता समाल्द छन् । त्यहाँसम्म हामीले चिताएको संघिय गणतन्त्रको आभास पनि हुँदैन् र हामी देश वाहिर र भित्रबाट तानाशाहिको अर्ध–औपनिवेशमा रहिरहन्छौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम