भक्तपुर । सरकारले अघि सारेको ‘निरोगी नेपाल’ अभियान अन्तर्गत बागमती प्रदेशले ठूलो सफलता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गर्दै यसलाई सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले संघ सरकारको स्वास्थ्य मन्त्रालयबाट प्राप्त प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गरे । उनले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गर्दै सरकार स्वास्थ्य पूर्वाधारलाई आधुनिक बनाउन लागेको सन्देश दिए ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, “अरु प्रदेशमा यस्ता अभियान सञ्चालन गर्न हामीले प्रेरित गर्नुपर्छ ।” उनले खोप अभियानले नेपालको अन्तर्राष्ट्रिय छवि बलियो बनाउने र विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ओलीले अभियानलाई सफल बनाउन खट्ने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सम्मान गर्दै सरकार राम्रो काम गर्नेको सधैँ कदर गर्ने बताए । यो घोषणालाई संघीय र प्रदेश सरकारबीचको सफल सहकार्यको नमुनाका रूपमा पनि हेरिएको छ ।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

ओली-पथ: शक्ति छ, संस्कार खै ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा देशव्यापी रूपमा राजनीतिक