थोत्रा स्टकोट,
झुत्रा मझेत्रा,
मैला मयलपोस,
खुईलिएका टोपी लाई
गरिबीको दलदल बाट
मुक्त गर्ने मुल्यमा
नेता ज्यु……
के तपाईं किन्नु हुन्छ ?
मेरो भोट बिक्री मा छ।

सुकिपुरको सिकुटे,
खम्बुटारको ख्याउटे,
झुर गाउकि झुली,
रोदनकोट कि रिउलि लाई
अज्ञानताको जन्जिर बाट
मुक्त पार्ने मुल्यमा
नेता ज्यु ……
के तपाईं किन्नु हुन्छ ?
मेरो भोट बिक्री मा छ।

प्राणघातक बिमार ले
कुजिएका किसन काका,
सुत्केरी व्यथा ले
ज्यान गएकि कुसुम काकी,
चिन्ता रोगको चुलेसि ले
काटिएका चामे दाई,
कुपोषण ले थलिएकि
दुर दराज कि लुति लाई
रोग,भोक र सोकको
निर्दयी जालो बाट
मुक्त गर्ने मुल्यमा
नेता ज्यु….
के तपाईं किन्नु हुन्छ ?
मेरो भोट बिक्री मा छ।

बुर्जुवा मेटाएर
प्रविधि भित्र्याउन,
व्यवहारिक शिक्षा दिई
स्व-रोजगार बनाउन,
थिचोमिचो उखेलेर
जरैदेखि निर्मुल पार्न,
न्यायको मन्दिर बनाई
सुशासन को पुजा गर्न,
घुसखोरि तन्त्र बाट
मुक्त गर्ने मुल्यमा
नेता ज्यु …
के तपाई किन्नु हुन्छ ?
मेरो भोट बिक्री मा छ।

विकास को बिऊ रोपि
समृध्दि को फुल फुलाउन,
आफ्नो देशको संस्कृति र
सभ्यता लाई फैलाउन,
श्रम होईन सीप बेच्ने
उन्नत समाज बनाउन,
बैदेशिक गुमामी बाट
मुक्त गर्ने मुल्यमा
नेता ज्यु,
के तपाईं किन्नु हुन्छ ?
मेरो भोट बिक्री मा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम