सयौँ सवाल सल्बलाई रहन्छन मनको टोकरि भित्र ।
मानौ जिन्दगी राखेर हिड्दै छु म काल कोठरि भित्र ।

समयका पातपतिङर एकएक छुट्दै जान्छन जसै ।
फर्कि आएन जीवन सायद नपर्दो रैछ मञ्जरी भित्र ।

पसिना का दाना रोप्दा सुख फल्नेछ सोचेको थेँ ।।
बगैचा लुटियो रहर मेरा सबै थन्किए डायरी भित्र ।।

बिपत्तिमा साथ दियौ झन लड्न खोज्दा हात दियौ ।।
खुब सुहाउछ तिमीलाई दर्जा मनको सुन्दरी भित्र ।।

आकास चुमेपछि दंग हुदै दम्ब नदेखाऊ खस्नु पर्ला ।
केहिबेर माटोले पनि उडान भर्छ फसेर भुमरी भित्र ।।

यि मान्छे सौभाग्यको मोहर लगाउन बडो खप्पिस छन ।
नारीका सपना थुनि दिन्छन संस्कारको तिलहरी भित्र ।


आयो मुस्लो बादलको बोकि रैबार जननी ।।
परदेशी घरमा नपुग्दै छोड्यौ संसार जननी ।।

हजुरको छेउमा बसि सुखदुख बाड्न पाइन ।।
साच्चै खोटो रहेछ यो मेरो निधार जननी ।।

अर्ति उपदेश केहि नभनि स्वर्गवास हुनु भो ।।
आत्मालाई शान्ति छकि याछौ बिमार जननी ।

आमा संगै घर ढल्यो ममता को बत्ति निभ्यो ।।
सन्तानका लागि थियौ मुख्य आधार जननी ।।

सम्झनाले सताउदा बिलाप गर्दै सुम्सुम्याउछु ।।
अन्तिम अस्तु सेलाएको नदि किनार जननी ।।

अर्को जन्ममा पनि हजुरकै सन्तान हुन पाउ ।।
गर्ने छु ईश्वरलाई बिन्ती, हार गुहार जननी ।।


नाड्लोमा पानी भरिने, भाग्य छ सोचेर सुस्ताउछ ।।
उदारा ईच्छा हरुको, जो कात्रो ओडेर सुस्ताउछ ।।

राष्ट्रले पनि धिकार्छ एकदिन, पुतला जलाउदै ।।
निर्धाको खुसि बनेर वैरि, जो खोसेर सुस्ताउछ ।।

गजब मान्छको अजब कहानी, पुण्य प्राप्त गर्न ।।
जीवजन्तु मारि पापको ,भारि बोकेर सुस्ताउछ ।।

स्वार्थी समाजको कलङ्कित, जीउदो लास पनि ।
बिराशतको विलासी, जीवन रोजेर सुस्ताउछ ।।

मातृभूमि लाई सिङ्गार, गर्ने स्वाभिमानी सपुत ।।
पौराणिक सोच, बन्जर आलेख, जोतेर सुस्ताउछ ।।

खबदार! दिनदुखिको संरक्षण गर्न मसिहा आएर ।।
चिरहरण गर्ने क्रुर दस्तावेज, पोलेर सुस्ताउछ


स्रष्ठाको जुन् सृजनामा, कौशल अदभुत हुन्छ ।।
सृष्टि गर्न मन् मन्दिरमा, छलफल अदभुत हुन्छ ।।

ओसिलो मन् सुख्खा हुन्छ, खुखी आखा नदि बन्छ ।
ऋचा को पानले हृदयमा, हलचल अदभुत हुन्छ ।।

सपनिल संगितको साम्राज्य, एकछत्र राज गर्छ ।।
स्रवणमा सितल नदिझै ,कलकल अदभुत हुन्छ ।।

हर पंत्तिमा दृश्यहरु लुकामारी, खेलेझै देखिन्छन ।
सव्य बिम्वको कलात्मक, मलजल अदभुत हुन्छ ।।

अक्षरको खेति गरि सधै सहि, बाटो हिड्ने कलम ।।
उन्नत चेतना को बिऊ रोपि, हरपल अदभुत हुन्छ ।।


ए अबुझ् !हर कदम प्राप्तिको, एक जुनुन हो सपना ।।
तँ भन्छस खो्क्रा रहरहरुको, मात्र कार्टुन हो सपना ।।

दर्दनाक त्यो कालो अतित, चोईटा चोईटा पारभन्दै ।।
सुन्दर भविष्यले पठाएको, अदभुत सगुन हो सपना ।।

उराठ लाग्दो जिन्दगी लाई, सितलता ले भरिदिन्छ ।।
मन्द हरदिन प्रेमिल बर्षा, भईरहने मन्सुन हो सपना ।।

गन्तव्यको सपनिल संसार बोकि, स्वतन्त्र उडिरहन्छ ।।
सबैरंगका रंगिन खुसिहरु, भरिएको बेलुन हो सपना ।।

भनिन्छ ! निरासाका राटाहरु, चैतन्य ले साम्य पार्छ ।।
त्यहि रुखो मगज उर्बर बनाई दिने, जैतुन हो सपना ।।

पहारिलो धुपको खोजीमा, हरदम छट्पटाई रहन्छ ।।
अन्तर्मनका अदम्य इच्छा हरुको, बिस्कुन हो सपना ।।
✍️पि.एस. क्षेत्री

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न