एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरिदिएको छ ।

बीबीसीका अनुसार सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेका थिए । सदनले भिटो रद्द गरिदिएको हो ।

ट्रम्पको चार वर्षे कार्यकालमा उनको भिटो संसदले पहिलोपटक रद्द गरेको हो । सदनले ट्रम्पको भिटो अवहेलना गर्नेसम्बन्धी पक्षमा मत दिएको छ । रिपब्लिकनहरूको बहुमत रहेको माथिल्लो सदन सिनेटले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो । सात सय ४० बिलियन डलर बराबरको सुरक्षा खर्चसम्बन्धी विधेयक सदनबाट डिसेम्बरमा पारित भएको थियो । ट्रम्पले भिटो शक्ति प्रयोग गरेर त्यस विधेयकलाई कानून बन्नबाट रोकेका थिए ।

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो । दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गरेको हो । राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ । सदनले राष्ट्रपति ट्रम्पको भिटो खारेज नगरेको भए पछिल्लो ६० वर्षमा पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट कानुन बन्नबाट रोकिने थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत