काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड कमाएको छ ।

सारंगी’ले प्रदर्शनको चौंथो साता ९१२ मङ्सिरसम्म० देशब्यापी ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २८ दिनसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

जसअनुसार पछिल्लो चौंथो साताको आइतबारदेखि बुधबारसम्मको कमाइ २ करोड ३४ लाख रुपैयाँ ग्रस छ । विजय बराल स्टारर फिल्मले २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको थियो ।

निर्माता तथा वितरण कम्पनी सेभेन सिजले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको छ । ७ विदेशी बजारबाट बुधबारसम्म फिल्मले २३ करोड ३५ लाख रुपैयाँ ग्रस ९करिब १७ लाख ३० हजार अमेरिकी डलर० कमाएको छ ।

सबैभन्दा धेरै कमाइ अमेरिकी बक्स अफिसमा छ, जहाँ फिल्मले १२ करोड ४६ लाख नेरु ग्रस ९९ लाख २२ हजार अमेरिकी डलर० कमाएको छ । फिल्मले दोस्रो धेरै कमाइ अस्ट्रेलियामा गरेको छ । त्यहाँको बक्स अफिसमा फिल्मले ७ करोड ७८ लाख नेरु ग्रस ९८ लाख ८४ हजार अष्ट्रेलियाली डलर० कमाएको छ । न्युजिल्याण्डमा ३४ लाख ३५ हजार नेरु ग्रस ९३९ हजार अस्ट्रेलियन डलर० छ ।

अमेरिका: लाख २२ हजार अमेरिकी डलर ९१२ करोड ४६ लाख रुपैयाँ

मध्यपूर्व :   २ करोड ५० लाख रुपैयाँ

अस्ट्रेलिया :  ८ लाख ८४ हजार अस्ट्रेलियन डलर ९७ करोड ७८ लाख

न्युजिल्याण्ड : ३९ हजार अस्ट्रेलियन डलर ९३४ लाख ३५ हजार

बेल्जियम :  ६ हजार ३ सय युरो ९८ लाख ९७ हजार

डेनमार्क :  ९ हजार ६ सय युरो ९१३ लाख ६८ हजार

नर्वे :  ३ हजार २०० युरो ९४ लाख ५६ हजार०

यो कमाइ २९ नोभेम्बरसम्मको बक्स अफिस कलेक्सनमा आधारित हो । यसमा प्राइभेट शोलाई उल्लेख गरिएको छैन । अहिले पनि यी मुलुकमा फिल्म प्रदर्शनरत भइरहेकाले कमाइ वृद्धि हुनसक्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीस नगरको १६ औं अधिवेशन आज उद्घाटन

दैलेख । आठबीस नगरपालिका दैलेखको नगर सभाको १६