काठमाण्डौं । काठमाण्डौंको मुटु ठमेल नजिकै गल्कोपाखामा मयूर लाईभ स्टुडियो सञ्चालनमा आएको छ ।

नेपाली मौलिक लोक तथा दोहोरि गीत संगित क्षेत्रको संरक्षण सम्वर्ध्दनका साथै प्रचार प्रसारको लागि पछिल्लो समय लाईभ स्टुडियो खुल्ने क्रम एक पछि अर्को गरि वढीरहेको छ । यो सुखद पक्ष हो । हाम्रा मौलिक कला संकृति बचाईराख्नु हामी नेपालीको कर्तव्य पनि हो । यसैलाई मध्यनजर गर्दै काठमाण्डौंको मुटु ठमेल नजिकै गल्कोपाखामा मयूर लाईभ स्टुडियो सञ्चालनमा आएको कमल विश्वकर्माले बताए ।

उनले भने, “हामिले औपचारिक रुपमा उद्घाटन नगरे पनि प्राईम टेलिभिजन र टीका सानू युटुब बाट एकैसाथ प्रसारण हुने कार्यक्रम संगीतमाला लाईभ दोहोरि कार्यक्रमको भने औपरिक रुपमा उद्घाटन भएको छ ।” बरिष्ठ संगितकार, गायक, चलचित्र निर्देशक साथै कलाकारका प्रेरणाका श्रोत नारायण रायमाझिको प्रमूख आतिथ्यमा भएको उक्त कार्यक्रममा बरिष्ठ पत्रकार प्राईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सभापतित्व ग्रहण गरेका थिए । कुशल सञ्चारकर्मि कमल सरगम, लोक दोहोरि गायीका टीका सानू र दोहोरि गायिका कल्पना दाहालले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

कार्यक्रममा कमल विश्वकमौले मोनोरञ्जनसंगै मानविय सेवालाईपनि जोड्दै लगिने उक्त कार्यक्रमको छायाङ्कन र प्रविधिक व्यवस्थापनका लागि मैयुर लाईभ स्टुडियो लाई जिम्मा दिनुभएकोमा प्राईम टेलिभिजन परिवारसँगै संगित माला दोहोरि सञ्चालक टिम विशेष गरि कमल सरगम, टीका सानू र कल्पना दाहाललाई विषेश धन्यवाद ज्ञापन गर्दै कार्क्रमको सम्पूर्ण प्राविधिक पाटो सम्हाल्ने ताराकान्त विश्वकर्मा, पदम ल्वागुन , व्यवस्थापनमा लक्षु ल्वागुन संगै वाध्यवादन तर्फमा अहम भूमिका निभाउने सम्पूर्ण प्रति आभार प्रकट गरे । यदि यस कार्यक्रमलाई मन पराएर आफूसंग जोडिन चाहनेहरुका लागि पनि सदैव बाटो खुल्ला रहेको विश्वकर्माले बताए ।

सम्पर्कका लागि
कमलकुमार बिश्वकर्मा 9841889961/9742465199
ताराकान्त बिश्वकर्मा 9847629512
मयुर लाईभ स्टुडियो परिवार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम