प्रत्येक वर्ष भदौ ९ गते हामीले भक्तपुरमा भएको राज्य स्तरबाटै नेपाल मजदुर किसान पार्टीलाई ध्वस्त पार्न रचिएको षड्यन्त्रमूलक दिनकाे स्मरण गर्ने गर्दैछौं । यो दिनलाई हामीले कहिल्यै पनि बिर्सन सक्दैनौं र बिर्सने पनि छैनौं किनभने यो दिनले हामीलाई धेरै कुरा सिकाएको छ । हामीलाई याे कुरा राम्रोसँग थाहा छ कि मानिस बिगतबाट सिक्ने चेतनशील प्राणी हो ।
भक्तपुर काण्ड भन्नासाथै नेमकिपाका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूकाे मन मस्तिष्कमा विशेषगरी २०४५ सालमा गएको विनाशकारी भूकम्प, तत्कालीन राष्ट्रिय पंचायत सदस्य कर्ण ह्याेजुकाे मृत्यु, नेमकिपाका अध्यक्ष का. नारायणमान विजुक्छेलाई ज्यानमाराकाे झुठो आराेप लगाई “फाँसी दे ” काे नारा चलचित्रको रिल जस्तो घुम्ने गर्छ । वास्तवमै भक्तपुर काण्ड यिनै कुराकाे पेरिफेरीमा भएकाे अविष्मरणिय घटना हाे । सामान्य रूपमा हामीले भक्तपुर काण्डलाई यसरी नै बुझ्न सक्छौं ।
वि.सं. २०३८ सालको राष्ट्रिय पंचायत “तत्कालीन संसद ” काे निर्वाचनमा कर्ण ह्याेजु नाम गरेकाे मान्छे विजयी भएकोे थियोे ।निर्वाचनमा विजयी भएको करिब २ वर्षपछि नै उसले दरबारियाहरूसँग साँठगाँठ सुरू गर्याे । मतदातालाई धाेका दियो । फलस्वरूप उ तत्कालीन नेमकिसंबाट निकालियाे ।
पंचायतले नेमकिसंलाई ध्वस्त गर्न माैका कुरिरहेकाे थियोे । यसैकाे लागि पंचायतले ह्याेजुलाई नेमकिसं समाप्त पार्न बञ्चराेकाे बींडकाे रूपमा प्रयोग गर्न खाेज्याे । अर्कोतिर ह्याेजुले सत्ताको घमण्ड देखाउने, सर्वसाधारणलाई हेप्ने र समाजमा उत्तेजना फैलाउने काम राेकेन । नेमकिपाका कार्यकर्ताहरूलाई पनि पद र पैसाको प्रलोभन देखाएर बिगार्ने कुचेष्टा गरिरह्याे । तर उ सफल हुन सकेन । वि. सं. २०४३ सालको रापस निर्वाचन र वि.सं. २०४४ सालको स्थानीय निर्वाचनमा ह्याेजु समर्थित उम्मेदवारकाे लज्जास्पद हार भयो भने नेमकिपा समर्थित उम्मेदवारको अत्यधिक बहुमतका साथ विजय भयो । यो कुरा पंचायतलाई सह्य थिएन ।
नेमकिसं भूमिगत संगठन भए तापनि जनप्रतिनिधिको भूमिकामा रहेका कार्यकर्ताहरू प्रकाशमा आउनुपर्ने बाध्यता थियोे । यसले गर्दा प्रतिक्रियावादीरहरूलाई नेमकिसंबारे थाहा पाउन गाह्राे भएन ।
नेमकिसंले पञ्चायती निर्वाचनको क्रान्तिकारी उपयोग गर्दै आएका थिए । यही सिलसिलामा पार्टीले निर्वाचनमा जित हासिल गरेकाे थियो । पार्टीका नेता र कार्यकर्ताहरूकाे ईमानदारी पूर्वक देश र जनताको सेवा देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूका लागि हाँक थियोे । षड्यन्त्र सिद्धान्त धेरै जसाे प्राकृति विपत्ति तथा महामारीमा लागू गरिन्छ । । रूपमा २०४५ सालकाे भक्तपुर काण्डलाई लिन सकिन्छ । २०४६ साल भदौ ५ गते गएको विनाशकारी भूकम्प नै पञ्चायती सरकारलाई नेमकिपालाई षड्यन्त्रमा फसाउने अवसर बन्न पुग्यो २०४५ सालमा गएको विनाशकारी भूकम्प पञ्चायती सरकारका लागि “के निहुँ पाउँ, कनिका बुकाउँ” भनेझैं भयो । उक्त भूकम्पला ई नै पञ्चायती सरकारले नेमकिपा विरूद्ध दमन गर्ने ज्यावल बनायो ।
नेमकिपाका उम्मेदवार भई तत्कालीन भक्तपुर नगर पञ्चायत र राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूलाई सुँईकाे नै नदिई पञ्चायती सरकारले जनताबाट तिरस्कृत ह्याेजुलाई भूकम्प पीडितलाई दिइने खाद्यान्नकाे कुपन वितरण गर्न पठायो । उसले वास्तविक भूकम्प पीडितलाई कुपन वितरण नगरी धाँधली गर्याे । जबकि ह्याेजु खाद्यान्न वितरणकाे कुनै पनि समितिमा थिएन ।
राहत वितरणमा पक्षपात गरेकै कारण पीडित जनता आक्राेसित भइ पक्षपात गर्न पाईंदैन भनी आवाज उठाए । तर पनि राहत वितरणमा वास्ता गरिएन । फलतः ह्याेजूलाई समातेर नगर परिक्रमा गराईयाे । यसै क्रममा भीडमा भएका केही अपरिचित , उच्छृङ्खल पञ्चायती भाडाका युवाहरूले ह्याेजूमाथि मुक्का प्रहार गरे । हातपात भएकाे भए पिन ह्याेजू साँझ हिडेरै प्रहरी भेनमा चढेको त्यहाँका प्रत्यक्षदर्शीका भनाईहरूबाट थाहा पाउन सकिन्छ । धाँधलीकाे प्रतिरोध हुन्छ, एजेन्ट प्राेभाेकेटर लगाई कुटपिट गराउने र हत्या गर्ने पूर्व नियाेजित याेजना अनुसार नै ह्याेजूलाई “बलिकाे बाेका” बनाईयाे ।
उक्त घटना पछि भदौ ९ गते राति ११:३० बजे तत्कालीन नेमकिसंका अध्यक्ष नारायणमान विजुच्छेलाई पक्राउ गरियो । उहाँ मात्र नभई ६७ जना नेता र कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसाईयाे । यसले गर्दा देशभरका पार्टी कार्यकर्ताहरूसँगै भक्तपुरका जनतामा राज्य आतंक मचाइयाे ।
खाएको बीष पाे लाग्छ र, तर त्यतिबेला नेमकिसंका नेता तथा कार्यकर्तालाई नखाएकाे बीष पनि लागेको थियोे । नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै अघि बढेको एकमात्र सच्चा देशभक्त पार्टी हाे । जसले सधैंका ब्यक्ति हत्याको विरोध गरी नि:स्वार्थ रूपमा देश र जनताको सेवा गर्दै आईरहेकाे छ । यस्ताे निस्कलंक पार्टीलाई ब्यक्ति हत्याको झुठो आराेप लगाउनु कत्तिको जायज कुरा हाे, हामी सजिलै आँकलन गर्न सक्छौं ।
त्यसबेलाको पञ्चायती सरकारको प्रहरी आतंक जंगली राज जस्तो क्रुर थियोे । प्रहरी आतंकले पार्टीका नेता कार्यकर्ता मात्रै नभएर समर्थक र शुभचिन्तकलाई पनि धम्काउने, तर्साउने, खान तलासी लिने र अनावश्यक दुख दिने काम गर्याे । यस्तो आतंकले गर्दा भक्तपुरमा बुढाबुढी र बच्चा बाहेक सबै जिल्ला बाहिर कि प्रवास गए ।
तत्कालीन नेमकिसंका अध्यक्ष नारायणमान विजुच्छे लगायत ६७ जना नेता र कार्यकर्ताहरूलाई पक्राउ गरेको भाेलीपल्टै पञ्चायतकाे विजय यात्रा जस्तो शवयात्रा भयाे । प्रधानमन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष, पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष सहभागी शवयात्रामा राेहित (नारायणमान विजुच्छे) लाई फाँसी दे, बहुदलवाद मूर्दावाद जस्ता नारा लगाईयाे ।
अदालतमा मुद्दा दायर नहुँदै या दाेषीकाे छानबिन प्रक्रिया अघि नबढ्दै प्रम सिंह समेतले फाँसी दे काे माग गरेकाे तथ्यले पनि यो षड्यन्त्र राज्य स्तरबाटै रचिएको भन्ने कुरा प्रमाणित हुन्छ ।
गल्ती नै नगरेकालाई मुलुकी ऐनकाे ज्यानसम्बन्धी महल अनुसार सर्वस्वसहित जन्मकैद वा मृत्युुदण्डकाे माग गरिएकाे थियोे ।
पञ्चहरू ह्याेजू काण्डमा दाेषीकाे नाममा सूचीमा परेकाहरूकाे घर-घरमा पुग्थे । ज्यान जाेगाउने भए नेमकिपा छाड्न र आत्मसमर्पण गर्न दबाब दिन्थे । राेहितकाे विराेध गरेमा, पार्टी त्यागेमा कैदमुक्त हुने या मुद्दा नलाग्ने आश्वासन दिएर फसाउन खाेजियाे । कतिपयलाई उक्त घटना नेमकिपाले गराएकाे हो भनी सहीछाप गराउन, अपिल निकाल्न समेत दबाब दिन्थे ।
सामन्ती सरकारको षड्यन्त्रबाट नेमकिसंका नेता र कार्यकर्ताहरूलाई फसाईएकाे कुरा बुझेर बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, सिन्धुनाथ प्याकुरेल, लक्ष्मण अर्याल, दमननाथ ढुङ्गाना, सुवासचन्द्र नेम्वाङ, ऋषिकेश शाह, कल्याणी शाह लगायतले बिना शूल्क मुद्दामा बहस गरि सहयोग गर्नुभयो । त्यसैगरी केही बामपंथी दलका नेताहरू, बरिष्ठ पत्रकारहरूले पनि खुलेर बक्तव्य, विज्ञप्ति प्रकाशित गर्ने तथा अन्तर्वार्ता दिई सरकारले गरेकाे षड्यन्त्रलाई उदाङ्ग्याउनु भयो ।
जब का. राेहितलाई फाँसीकाे माग गर्दै कार्यपालिका प्रमुख नै सडकमा उत्रिए, नेमकिपाकाे समूल नष्ट गर्ने प्रयास पञ्चायती व्यवस्थाले गर्याे तब अरू पञ्चायतइतरका दलहरू सबै सचेत भए । ” राेहितलाई खाने बाघले भाेली हामीलाई पनि खान सक्छ ” भन्ने कुरा बुझे ।
अन्ततः २०४७ साल बैशाख ५ गते तत्कालीन सरकारबाट पञ्चायती राज्यस्तरको षड्यन्त्रद्वारा सिर्जित भक्तपुर काण्डकाे झुठो मुद्दा फिर्ता भयाे । २० महिना पछि पार्टीका नेता कार्यकर्ताहरू जेल र भूमिगत जीवनबाट मुक्त हुनुभयो । त्यसपछि पुनः उहाँहरू देश र जनताकाे सेवामा लाग्नु भयो ।
भक्तपुर काण्डलाई स्मरण गर्नु भनेकाे हामीले त्यसबाट सिक्नु हाे । उहाँहरूले उक्त कठिन परिस्थितिको सामना कसरी गर्नुभयो , त्यसैबाट शिक्षा लिनु हाे ।
भनिन्छ मान्छेले कि परेर सिक्छ, कि पढेर । उहाँहरूले परेर सिक्नु भयो भने हामीले उहाँहरूकाे अनुभव सुनेर पढेर सिक्ने हाे । हामीले उहाँहरूले भाेगेकाे पीडा नभाेगे पनि उहाँहरूको पीडा महसुस गर्न सक्छौं ।
अझै प्रमुख कुरा हामीले मनन गर्नुपर्ने कुरा त भक्तपुरका महिलाहरूले गर्नुभएको संघर्ष र उहाँहरूले भाेग्नुभएकाे पीडा हाे । उहाँहरूले भाेग्नु परेकाे सामाजिक अपमान, अार्थिक कठिनाईहरू हुन् । उहाँहरूले बगाउनु भएको अश्रुधारा हाे । तर अन्ततः उहाँहरूको अाँशु आशाकाे किरणमा परिणत भयो । त्यस्तो कठिन परिस्थितिकाे पनि विचलित नभई सामना गर्नुभयो । यद्यपि उहाँहरूमा नेपाली भाषाको ज्ञान थिएन । लेखपढ गर्न जान्नु भएको थिएन ।
माथिका यावत् तथ्य तथा घटनाक्रमले गर्दा हामीले शत्रुको तारिफ र प्रसंसाबाट बच्नु पर्ने, शत्रु र मित्र चिन्ने क्षमता राख्नुपर्ने, आज घटना घटेको ३२/३३ वर्ष बितिसक्दा पनि नेमकिपालाई हिलाे छ्याप्ने काम भईरहेकाेमा फेरि पनि त्यस्ता घटना घट्न सक्ने र त्यसबाट सचेत हुनुपर्ने, नयाँ पुस्तालाई व्यक्तिगत स्वार्थ, पद र पैसाकाे निम्ति हाेईन व्यापक जनताको हितमा संघर्ष गर्न शिक्षित गर्ने जस्ता अति नै महत्त्वपूर्ण केही कुराहरू सिकाएको छ ।
आजदेखि एनपीएल , उद्घाटनमा जनकपुर र विराटनगर भिड्दै
काठमाडौँ । नेपाल क्रिकेट संघ ( क्यान )