काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य बढाएको छ । पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ। डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ ।
त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्याँसको १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। अहिले पेट्रोल प्रतिलिटर १८० र डिजेल १६३ मा कारोबार भइरहेको छ।
निगमले आइओसीलाई मे महिनाका लागि ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा २२ अर्ब ४० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकेको जनाएको छ। १६ अर्ब भुक्तानी अझै बाँकी रहेको निगमले जनाएको छ।
आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई ४७ अर्ब नोक्सानी भइरहेको र असारसम्म ६० अर्ब पुग्ने प्रक्षेपण निगमको छ।

