काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुत मार्ग ९फाष्ट ट्रयाक० को दोश्रो प्याकेजको टेन्डर रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

आज भएको बैठकमा समितिले सो निर्देशन दिएको हो । बैठकमा फाष्ट ट्रयाकबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल भएको थियो । फाष्ट ट्रयाकमा अहिले पुल र सुरुङ निर्माण गर्ने दुईवटा प्याकेजमा काम भैरहेको छ ।

त्यस अन्तर्गत सेनाले पहिलो चरणमा दुई निर्माण कम्पनी छनोट गरेको थियो भने दोस्रोमा एउटा मात्रै निर्माण कम्पनी छनोट गरिएको थियो । दोस्रोमा एउटा मात्र कम्पनी छनोट भएको र प्रतिष्पर्धा नहुने भएकोले त्यसलाई रद्ध गरेर पुन प्रक्रिया सुरु गर्न समितिले निर्देशन दिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

श्रीमती बाट घात २१ दिन जेल जीवन

भारत । आठबीस नगरपालिका वडा नं. ०९ छेपाडि