हताश भोका पेटहरुको
बतास निभाउने सपना देखायौ
थिचोमिचो निर्मुल पार्ने
समानताको नारा लगायौ
पिडित जिन्दगी खुसि पार्छु भन्थ्यौ
आज कबुल बिर्सियौ
तमोसो मेटाउन आफैले
फुकेको बिगुल बिर्सियौ।।

नैतिकता को पाठ सिकाउने
नैतिक हिन भएछन
दीर्ग दृष्टिकोण देख्ने आँखा
दृष्टि विहिन भएछन
कानहरु कारुणिक चित्कार
नसुन्ने भएछन
सत्ताको स्वाद चाख्ने जिब्रो
नबोल्ने भएछन।।।

तिमीलाइ अग्लो शिखर चढाइ दिने
लाखौ काधहरु आज लाशामा छन
तिम्रा पैतला धुलोबाट बचाइ दिने
हजारौ हत्केलाहरु घोर निराशामा छन
तिम्रो स्थुति गाउने बुलन्द आवाजहरु
आज कमजोर हुदै लर्बराइ रहेछन
मानौ ति गुमनाम छन आज
आफ्नै अस्तित्व हराई रहेछन।।।

रित्ता कोखहरु उजाड सिउदाहरु
धारे हात सराप्दै छन
अग्नि बाण थापेका छातिहरु
गल्ली गल्ली भिख माग्दैछन
षडयन्त्रकारि काला कर्तुतको
पहेली उघारि रहेछन
तिम्रो नाङ्गो नाच देखेर
लज्जित हुदै…
समाधि बाट सहिदहरु पनि
तिमिलाइ धिकारि रहेछन।।।।
✍️पि.एस. क्षेत्री

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न